बुधवार, आश्विन २१ गते २०८३

सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने नेविसंघका जिल्ला सभापति पक्राउ

बुधवार , जेठ ३१, २०८०

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् । 

बुधबार मोरङको बुढीगंगा क्षेत्रबाट कालोमोसो दलेको घटनाको अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो । उनीमाथि सेवा आयोग अध्यक्ष दाहाललाई कालोमोसो दलेको आरोप छ ।

केही दिनअघि दाहालको टाउकोमा कालो पदार्थ खन्याइएको थियो । जसको चौतर्फी विरोध भइरहेका बेला प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा पोखरेललाई पक्राउ गरेको हो । 

उक्त घटनामा सहभागी भएका अन्यको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार