बुधवार, आश्विन २१ गते २०८३

संसदीय सुनुवाई समितिमा पुगे कार्यबहाक प्रधानन्यायाधीश कार्की, सुनवाई सुरु

बिहिवार , जेठ ३२, २०८०

काठमाडौं । संसदीय सुनवाई समितिमा कार्यबहाक प्रधानन्यायाधीश हरिकृष्ण कार्की पुगेका छन् । 

सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाए पछि उनी सिंहदरबारमा पुगेका हुन । 

उनी पुगेलगत्तै सुनवाई सुरु भएको छ । 

लामो समय देखी कार्यबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषदले भावी प्रधानन्यायाधीशमा सिफारिसमा परेका कार्कीलाई उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।

उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार