बुधवार, आश्विन २१ गते २०८३

इच्छा विपरीत न्यायाधीश बनें: हरिकृष्ण कार्की

बिहिवार , जेठ ३२, २०८०

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश बनेको बताएका छन्।
बिहीबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले सो धारणा राखेका हुन् ।

प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिबस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए । 

करिब साढे तीन महिना महान्यायाधिवक्ताको भूमिका निर्वाह गरेपछि न्यायाधीशको प्रस्ताव आएको बताउँदै उनले भने, ‘सर्वोच्च अदालतको प्रस्ताव आइसकेपछि मैले यहाँ इमान्दारीपूर्वक भन्दा मैले जाने इच्छा व्यक्त गरेको होइन, मैले अरु नै साथीहरुलाई लानुस् भनें । तर तत्कालीन प्रधानन्यायाधीशले तपाईं आउनुस्, न्यायपालिकामा तपाईंले सेवा गर्नुपर्छ । बाहिरबाट भूमिका खेलेर मात्र हुँदैन भित्र बसेर पनि अनुभव हासिल गर्नुस् कस्तो हुँदो रहेछ भन्नुभयो र त्यसपछि मैले त्यसलाई सहर्ष स्वीकार गरें ।’

अहिले परिस्थितिबस र सौभाग्यबस आफू आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए । २०७२ साल फागुन १८ गते न्यायाधीशमा सिफारिस भएको र २०७३ साउन १७ गतेमात्र न्यायाधीश बनेको कार्कीले जानकारी गराए ।

२०४० सालमा कानुन व्यवसायमा प्रवेश गरेदेखि हालसम्म पनि इमान, निष्ठा र व्यवसायीक धर्मलाई पूणर्रुपमा पालना गरेको उनको दाबी छ । आफूले हालसम्म ५५८६ मुद्दा फैसला गरेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार