बुधवार, आश्विन २१ गते २०८३

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सवालजवाफ भोलि, सुनुवाइ समितिमा प्रस्तुत गरे कार्ययोजना (पूर्णपाठ)

बिहिवार , जेठ ३२, २०८०

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसंग सवालजवाफ शुक्रबार हुने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकमा कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेसँगै भोलि बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

बिहीबारै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम शुक्रबारका लागि सारिएको समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।

आज समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले आफ्ना अनुभव सुनाउनुका साथै कार्ययोजना पनि पेस गरेका थिए। 

आफू सर्वोच्च अदालतमा आएपछि दुई वर्ष पुराना ५ हजार ९५८ वटा मुद्दा फैसला भएको र पाँच वर्ष नाघेका दुई हजार ७७६ मुद्दा फैसला भएको उनले जनाए ।

सर्वोच्चमा २१ मध्ये हाल १६ न्यायाधीश रहेको प्रति न्यायाधीश एक हजार २९७ मुद्दा फैसला भएको उनले जानकारी गराए ।

उनले अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछि ६० प्रतिशत न्यायिक विचलन घटेको दाबी गरेका छन् । गोला प्रणालीबाट न्याय निरुपणमा सहज भएको र अदालतप्रतिको आलोचना घटेको उनको भनाइ थियो । साथै उनले आफू इच्छाविपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको सुनाए ।

गत वैशाख २५ गते संवैधानिक परिषद्‌बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

कार्कीले आगामी साउन २० गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन् । उनी ८ महिनादेखि कार्यवाहक प्रधानन्यायाधीशका रुपमा काम गर्दै आएका छन् । 

पूर्णपाठ :

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार