बिहिवार, आश्विन १५ गते २०८३

एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रोका अध्यक्ष भरत प्रसाद पराजुली इपानको केन्द्रीय सदस्यमा निर्वाचित   

शुक्रवार , आषाढ १, २०८०

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)को केन्द्रीय सदस्यमा भरत प्रसाद पराजुली इपानको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। 

बिहीबार सकिएको २१औं वार्षिक साधारणसभा तथा कार्य समितिको निर्वाचनमा एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरका अध्यक्षसमेत रहेका सिन्धुपाल्चोक बलेफी ६ का पराजुली सदस्य निर्वाचित भएका हुन्। 

लामो समय देखि हाईड्रो ब्यवसायमा लाग्नुभएका भरत पराजुली एक समाजसेवी समेत हुुन्। एकीकृत व्यापार कम्पनी मार्फत महत्वपुणर् भुमिका  निभाईरहेका पराजुली सिन्धुपाल्चोकमा मात्र नभएर देशैभर चर्चा कमाउँदै गरेका ब्यवसायीहरुको अग्रपंतिमा देखिन्छन्।

सामाजिक कार्यमा बिशेष भुमिका निभाएको भन्दै राष्ट्रपतिबाट प्रदान गरिने पदक बाट बिभुषित भएपछि पराजूलीको चर्चा झन चुलिदै गएको थियो । 

सिन्धुपाल्चोकबाट स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)को केन्द्रीय सदस्य जस्तो पदमा निर्वाचित भरत प्रसाद पराजुलीले उर्जा उत्पादनको क्षेत्रमा अझ नयाँ आयम थप्ने बिस्वास गरिएको छ । 

नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी ,महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल , सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक, कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त सहित सबै पदाधिकारी निर्वाचित भएका छन्। 

३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार