बुधवार, आश्विन २१ गते २०८३

बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७२ करोड बजेट

शुक्रवार , आषाढ १, २०८०

काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ६२ अर्ब ७२ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बजेट सार्वजनिक गरेका हुन्।

सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब कम बजेट विनियोजन गरेको हो । आगामी आवको बजेटमा चालु खर्चमा २६ अर्ब ६४ करोड, र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ।

 आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन क्षेत्रको विकास, एक घर एक धारा प्रदेशको विभिन्न जिल्लाको विद्यालयमा प्लस टु गर्ने विद्यार्थीहरूलाई एक स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने विषयलाई प्राथमिकता दिइएको दिइएको छ ।

चितवनमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि ५ करोड रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार