काठमाडौं। सर्वोच्च अदालतको ३० औँ प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। उनले शुक्रबारै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका छन्।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आजनै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको ४० औं दिनमा कार्की प्रधानन्यायाधीश बन्न सफल भएका हुन्। कार्की नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश बनेका छन्।
आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीले प्रधानन्यायाधीशका रुपमा जम्मा ५० दिन सेवा गर्न पाउने देखिएको छ ।
शैक्षिक प्रमाणपत्रमा कार्कीको जन्ममिति २०१५ साउन २० गते उल्लेख रहेका कारण उनी २०८० साउन २० गतेबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन्।