आइतवार, श्रावण २४ गते २०८३

बैंकर डा. बुद्धि मल्लको ‘सफलता सम्भव छ’ काे बिमोचन

आइतवार , आषाढ ३, २०८०

काठमाडाैं। बैंकर डा‍. बुद्धि मल्लद्धारा लिखित  “सफलता सम्भव छ'' को बिमोचन गरिएकाे छ।

नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीद्धारा लिखित पुस्तकमा नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा। मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले समिक्षा गरेका छन्। 
सो पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको छ। 

पुस्तकमा उंटले आफ्नो जिवनको निरन्तरताको लागि घांटी लामो बनाउन प्रयत्न गरेको देखी संसारका सफल ब्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वि नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्ध, अमिताभ बच्चन जस्ता हस्तिका जिवनमा घटेका केहि प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर बुझाउने प्रयास गरिएको छ। 

लेखकले पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि बिभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक बिषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धर्य, ब्यवहार, एस्म्यमान लगायत विभिन्न बिषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार