बिहिवार, आश्विन १५ गते २०८३

टोक्यो ओलम्पिक : पौडीका एलेक्सद्वारा हिटमा शिर्ष रहँदै राष्ट्रिय कीर्तिमान सुधार

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं । पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो कीर्तिमान सुधार गरेका छन् । टोकियो ओलम्पिक २०२० मा सहभागी एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै कीर्तिमान सुधार गरेका हुन् ।

यसअघि उनले ५५.३८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कीर्तिमान राखेका थिए । एलेक्स आफ्नो हिटमा शीर्ष स्थानमा रहे । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए । यद्यपि एलेक्स अघिल्लो चरण प्रवेश गर्न भने सकेनन् । 

पौडीमै गौरिका सिंहले भोलि प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । यसमा राष्ट्रिय कीर्तिमान गौरिकाकै नाममा रहेको छ । उनले नेपालगंजमा भएको आठौं राष्ट्रिय खेलकुदमा ५९.६० सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार