बिहिवार, आश्विन १५ गते २०८३

भारत र श्रीलंका बीचको दोस्रो टी-२० स्थगित

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं । खेलाडीमा कोरोना संक्रमण देखिएपछि भारत र श्रीलंकाबीचको टी-२० सिरिजअन्तर्गतको दोस्रो म्याच स्थगित भएको छ । भारतीय क्रिकेट टिमका सदस्य क्रुणाल पाण्ड्यालाई कोरोना देखिएपछि म्याच स्थगित गरिएको हो । 

भारत र श्रीलंकाबीचको दोस्रो खेल आज राति सवा ८ बजदेखि सुरु हुने तालिका रहेको थियो । पाण्ड्यालाई कोरोना पुष्टि भएपछि उनीसँग क्लोज कन्ट्याक्टमा रहेका खेलाडीलाई सेल्फ आइसोलेसनमा पठाइएको जनाइएको छ । 
स्थगित भएको दोस्रो टी-२० बुधबार हुने बिसिसिआईले जनाएको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार