बुधवार, आश्विन १४ गते २०८३

भारतकाे उडिसामा एक आपसमा बस ठोक्किदा ११ जनाको मृत्यु

सोमवार , आषाढ ११, २०८०

राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ । 

घटनालगत्तै स्थानीय प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरुलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार