काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठ च्यासल युथ क्लबमा अनुबन्ध भएका छन् । उनि नयाँ सिजन ए डिभिजन लिगका लागि महँगो रकममा अनुबन्ध भएका हुन् । उनी मासिक १ लाख २५ हजारमा च्यासलमा अनुबन्ध भएका हुन् ।
मनाङ मर्स्याङ्दी क्लबले कीर्तिमानी आठौं पटक ए डिभिजन लिगको उपाधि जित्दा कमल टिमका सदस्य थिए । मनाङका अधिकांश खेलाडी मछिन्द्रमा आबद्ध भएपछि मनाङले कमललाई टिमको कप्तानको जिम्मवारी दिएको थियो ।
राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका कमललाई च्यासलले असोज ३ गतेबाट सुरु हुने लिगका लागि अनुबन्ध गरेको हो ।