बिहिवार, आश्विन १५ गते २०८३

चालू आर्थिक वर्षको सबै सरकारी भुक्तानी असार २४ गतेबाट बन्द हुने

बिहिवार , आषाढ १४, २०८०

महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० मा गर्नुपर्ने भुक्तानी असार २४ गतेभित्रै गरीसक्न निर्देशन दिएको छ । कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै असार २४ गतेपछि सबै भुक्तानी बन्द गर्ने व्यवस्था गर्न भनेको छ ।

आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अघि सबै भुक्तानी बन्द हुनेछ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडि नै निकासा भुक्तानी नहुने र प्रणाली समेत बन्द हुने महालेखाले जनाएको छ ।

यसबीचमा नियमले निर्दिष्ट गरेको कामका लागि बाहेक सबै भुक्तानी बन्द हुने छ । उक्त नियम स्थानीय तह र प्रदेशको हकमा समेत लागू हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार