बिहिवार, आश्विन १५ गते २०८३

नागरिक लगानी कोषको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

सोमवार , आषाढ १८, २०८०

काठमाडौ । नागरिक लगानी कोष (सीआइटी) को बोनस सेयर सुरक्षित गर्ने आज सोमबार असार १८ गते अन्तिम दिन हो । यसले असार ३१ गते साधारण सभा गर्दैछ । यसका लागि मंगलबार असार १९ गते बुक क्लोज गर्ने भएको छ । 

साधारण सभामा सीआइटीले २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार