बिहिवार, आश्विन १५ गते २०८३

हवाई भाडा घट्यो, कहाँ पुग्न कति? (सूचीसहित)

मंगलवार , आषाढ १९, २०८०

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । घटेको भाडादर भोलिदेखि लागू हुनेछ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।

आजैबाट लागू हुने गरी आन्तरिकतर्फ १४ रूपैयाँले हवाई इन्धनको मूल्य घटेको थियो । न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्मले हवाई भाडा घटेको क्यानले जनाएको छ ।

विराटनगर नेपालगञ्जजको भाडा ७५० रुपैयाँले घटेको हो । योसँगै यसतर्फको रुटमा ७ हजार ३ सय ५ रुपैयाँ भाडादर कायम भएको छ ।

काठमाडौ-धनगढी ६१५ रूपैयाँले घटेको छ । पोखरा-भद्रपुरको भाडा ५७० रूपैयाँले घटेको छ । विराटनगर-भैरहवा ५५० रूपैयाँ घटेको छ ।

नयाँ भाडादरको सूची

 

  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार