काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउनभित्र प्रकाशित गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईईको आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने तयारी गरेको हो ।
समयमा सबै आन्तरिक मूल्यांकनको नम्बर प्राप्त भएमा साउनभित्रमा नतिजा प्रकाशित गरिने परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताएका हुन् ।
उनले अहिले विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्यांकन गरेको नम्बर पठाएको र ती नम्बर यो महिनाको मसान्तसम्ममा बोर्डमा पठाउने बताए । उनका अनुसार बोर्डमा नम्बर प्राप्त भएपछि इन्ट्री र रुजु गरिने र त्यसपछि नतिजा प्रकाशित गरिने छ ।