बिहिवार, आश्विन १५ गते २०८३

ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

बुधवार , श्रावण १३, २०७८

काठमाडौं । पौडीकी गौरिका सिंहले आफ्नै नाममा रहेको रेकर्ड तोडेकी छिन् । जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न हिट चरणको खेलमा गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।  हिट चरणमा गौरिकाले १ मिनेट ०० दशमलब ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यस अघि उनकै नाममा १ मिनेट ०० दशमलब ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा उनले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।   

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार