काठमाडौं। साउन महिनाका लागि बैंकको ब्याजदर परिवर्तन भएसँगै यसको प्रभाव सेयर बजारमा देखिएको छ । आजदेखि बैंकहरुले खुल्ला बजारको नीति अनुरुप निक्षेपको ब्याजदर ६.४९ प्रतिशतदेखि १०.९८ प्रतिशतसम्म तोकेका छन् । योसँगै यता कर्जाको ब्याजदर समेत केहीँ घट्ने देखिएको छ ।
यसले लगानीकर्ताहरु उत्साहित भएका हुन् । आज सेयर बजार परिसूचक नेप्से ४७.०७ अंकले बढ्दै २१ सय ४४.१६ अंकको विन्दुमा उक्लिएको छ । अघिल्लो दिने यस्तो सूचक १२ अंकले बढेको थियो ।
आज २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.१४ प्रतिशतले बढ्दैगर्दा आज म्युचुअल फन्ड समूहको उपसूचक ०.४९ प्रतिशतले मात्र घटेको छ ।