काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । बैठकको एजेण्डा तय गर्नको लागि बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले १० वटा एजेण्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकमा समसामयीक बिषय, सांगठानिक कार्ययोजना, केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निणर्य अनुमोदन गर्ने प्रस्ताव तथा पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदनलाई मुख्य एजेण्डा बनाईएको छ ।
यस्तै पार्टीको नीति महाधिवेशनको खाका प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा तथा केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश, संसदीय दलको समिक्षा र सरकार प्रगतिबारे समीक्षा गर्ने एजेण्डा तय भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि बस्दैछ ।