आइतवार, कार्तिक ९ गते २०८३

कर नतिरे करदाताको घर, पसल र व्यवसाय सिलबन्दी गर्ने महानगरको चेतावनी    

बुधवार , श्रावण १३, २०७८

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ । यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । 

सूचनाअनुसार अब कर तीर्ने सयम दुई दिन मात्र बाँकी छ सोही समयमा कर नबुझाए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी कामपाले दिएको छ । समयमा नै कर तीर्नका लागि भन्दै कामपाले आजदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङ शुरु गरेको छ ।

कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एनआरटी क्लब, वडा १३ को काठमाडौँ इञ्जिनीयरिङ कलेज र वडा ४ का देवेन्द्र श्रेष्ठ मात्र सम्पर्कमा आएका छन् ।     
     
कामपालाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।     
     
यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोपर्रेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन् ।     

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार