शनिवार, कार्तिक १ गते २०८३

जनकपुरमा महिलाको मृत्युपछि भागे चिकित्सक, अस्पतालमा ताला

शनिवार , श्रावण ६, २०८०

जनकपुरधामको रामानन्दचोकस्थित रहेको जनकपुर सुरक्षा अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि चिकित्सक भागेका छन् ।

घटनापश्चात चिकित्सकहरु अस्पताल छाडेर भागेपछि बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए ।

मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठेघरमा घाउँ भएपछि गत बुधबार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको शुक्रबार  दिउँसो मृत्यु भएको थियो ।

मृतकका भाइ उदयकुमार साहका अनुसार बुधबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया असफल जस्तो भएपछि चिकित्सकहरु आत्तिएर तुरन्तै टाका लगाएका थिए । बुधबार दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन् । केहीबेरमै चिकित्सक तथा स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर अन्य लग्ने प्रयासमा थिए । आफन्तजनले रोकेर कराएपछि स्थानीयहरु जम्मा भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार