शनिवार, कार्तिक १ गते २०८३

धनुषाको दशगजा क्षेत्रमा गोली हानेर महिलाको हत्या

आइतवार , श्रावण ७, २०८०

काठमाडौं। नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ ।

धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा शनिबार साँझ साढे ७ बजे गोली प्रहार गरी महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।    

अज्ञात व्यक्तिको समूहले ती महिलालाई गोली प्रहार गरी भारततर्फ नै भागेको धनुषा प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भारतीय प्रहरीले नै गरेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार