बिहिवार, आश्विन १५ गते २०८३

कात्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवहरुलाई अर्थमन्त्री डा. महतको निर्देशन

बुधवार , श्रावण १०, २०८०

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले कात्तिक महिनाभित्र ठेक्का लगाइसक्न निर्देशन दिएका छन्। अर्थमन्त्री महतले आज नेपाल सरकारका सबै मन्त्रालयका सचिवललाई डाकेर साउन १५ बाट समय सीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिएका हुन्।

उनले  डीपीआर भइसकेका आयोजनाको मात्र अहिले ठेक्का प्रकृया अगाडि बढाउन वा प्राथमिकता प्राप्त आयोजना भए डीपीआर गरेर कात्तिकसम्म ठेक्का लगाउन सकिने भए सोही अनुसार कार्यान्वयन गर्न समेत निर्देशन दिए।

उनले कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न नसकेको स्वीकार गर्दै काम भइसकेर दायित्व सिर्जना भएको भुक्तानी पाउनुपर्नेमा जोड दिए।

मन्त्री डा. महतले आवश्यकता र स्रोतका बीचमा ठूलो खाडल रहेको बताउँदै स्रोत सुनिश्चिता नभएको आयोजना अगाडि नबढाउन र अर्को वर्षको बजेटका लागि अहिल्यैदेखि नै तयारी गर्नुका साथै आवश्यकता नभएको आयोजनालाई हटाउन समेत निर्देशन दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार