बुधवार, आश्विन १४ गते २०८३

६ वटा अफ्रिकी देशमा निःशुल्क अन्न पठाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

बिहिवार , श्रावण ११, २०८०

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छ वटा अफ्रिकी देशमा निःशुल्क अन्न पठाउने घोषणा गरेका छन्। राजधानी सेन्ट पिटर्सबर्गमा शुक्रबार भएको रुस-अफ्रिका शिखर सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पुटिनले केही महिना नै बुर्किना फासो, जिम्बावे, माली, सोमालिया, मध्य अफ्रिकी गणतन्त्र र इरिट्रियामा दुई देखि ५० हजार टनसम्म निःशुल्क अन्न सहयोग गर्ने घोषणा गरेका हुन्।

उनले रुसले अन्नको फसलमा नयाँ रेकर्डको अपेक्षा गरिरहेको र अफ्रिकामा युक्रेनी अन्न निर्यातलाई व्यावसायिक र सहायता दुवै आधारमा प्रतिस्थापन गर्न तयार रहेको पनि बताए।

रुसले अफ्रिका, मध्य पूर्व र एशिया जस्ता महाद्वीपहरूमा प्रभावकारी रूपमा आपूर्ति अवरुद्ध गर्ने युक्रेनी ब्ल्याक सी ग्रेन सम्झौतालाई अस्विकार गरेको एक सातापछि राष्ट्रपति पुटिनले सो घोषणा गरेका हुन्।

रुसले युक्रेनको अन्नलाई ‘ब्ल्याक सी’ अर्थात् काला सागरको बन्दरगाहबाट अफ्रिका, मध्य पूर्व र एसियाका देशहरूमा लैजान दिने सम्झौता नवीकरण नगरेपछि युक्रेनको खाद्यान्न निर्यात हुन पाएको छैन ।

जस कारण गहुँ, जौ, मकै र सूर्यमुखीको तेलमा रुस र युक्रेनको भर पर्दै आएका विश्वका अधिकाशं देशमा खाद्यन्नको मूल्य बढ्ने र केही देशमा भोकमरीको जाखिम बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार