शनिवार, कार्तिक १ गते २०८३

गौर हत्याकाण्ड पीडित पाँच दिनदेखी धर्नामा

बुधवार , श्रावण १७, २०८०

रौतहट। गौर हत्याकाण्डको दोषीलाइ कारबाहीको माग गर्दै पाँच दिन देखी धर्ना जारी छ । रौतहटको चन्द्रपुरमा पीडित परिवारले पाँच दिन देखी धर्ना जारी राखेका हुन्।

प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा रौतहटमा पछिल्ला दिनमा निरन्तर संघर्ष जारी रहेको छ । 

२०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप भएको थियो। दुवै पार्टीका नेता तथा कार्यकर्ताको एउटै स्थानमा कार्यक्रम गर्ने हठका कारण झडप भएको थियो। झडपमा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो।

त्यस घटनाको राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायतका संघसंस्थाले स्थलगत अनुसन्धान पनि गरेका थिए। त्यति वेला फोरमको नेतृत्वका गरेका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहित १३० माथि अनुसन्धान गरी मुद्दा चलाउन आयोगले गत पुसमा सिफारिश गरेको थियो।

त्यस्तै, पीडित त्रिभुवन शाह लगायतले जेठ २१ मा सर्वोच्च अदालतमा रिट पनि दायर गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाएका रिटमा मुद्दा प्रक्रिया अघि बढाउन माग गरिएको थियो।

कतैबाट पनि न्यायिक प्रक्रिया अघि नबढेपछि पीडितहरूले धर्ना शुरू गरेका हुन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार