बिहिवार, आश्विन १५ गते २०८३

खाद्यान्नको अभाव हुन नदिन सरकारले १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने

शुक्रवार , श्रावण १९, २०८०

काठमाडौं। सरकारले यो वर्ष १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको अभाव हुन नदिनका लागि सो परिमाणको धान र चामल आयात गर्ने निणर्य गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जानकारी दिए।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको, नेपालमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ पूणर् रुपमा हुन नसकेको जस्ता पक्षलाई मध्यनजर गर्दै सरकारले धान र चामल आयात गर्ने निणर्य विभागले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ ।

त्यस्तै सरकारले ५० हजार टन चिनी निर्यात गर्ने निणर्य पनि गरेको छ । बजारको आपूर्ति व्यवस्थालाई सहज बनाइ महँगी नियन्त्रणका लागि आपूर्तिको निणर्य भएको ठाकुरले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार