बुधवार, आश्विन १४ गते २०८३

'अगस्टमा रुसी राष्ट्रपति पुटिनको टर्की भ्रमण हुनसक्ने'

शनिवार , श्रावण २०, २०८०

रुस र युक्रेन बीच जारी द्वन्द्व रोक्नका लागि मध्यस्थ भुमिका खेलिरहेको टर्कीले विश्वलाई अगस्ट महिनामा सुखद् समाचार दिने भएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले इस्तानबुलमा शुक्रवारको प्रार्थनापछि पत्रकारहरूसँग कुरा गर्दै आगामी अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको टर्की भ्रमण हुनसक्ने बताएका हुन्।

राष्ट्रपति पुटिनको टर्की भ्रमणको मिति नतोकिएको भएपनि अगस्ट महिनाभित्र हुनसक्ने बताए। गएको बुधवार राष्ट्रपति पुटिनले राष्ट्रपति एर्दोगानसँग टेलिफोन वार्ता गर्दै भ्रमण गर्ने बताइका थिए। टेलिफोनमा एर्दोगानले पुटिनलाई ब्ल्याक सी अनाज सम्झौता अनुसारको काम पुनः शुरु गर्न आग्रह गरेको बताए।

युक्रेन र रुसबीचको तनाव कम गर्न टर्कीको मध्यस्थकर्ताको भुमिका अद्वितीय रहेको भन्दै अन्तर्राष्ट्रिय रूपमा प्रशंसा गरिएको छ । टर्कीले  कीभ र मस्कोलाई वार्तामार्फत युद्ध अन्त्य गर्न निरन्तर आह्वान पनि गरिरहेको छ ।  

संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति एर्दोगानले ब्लाक सी कोरिडोर खोल्नसके भोकमरीबाट पीडत अफ्रिकन देशले खानेकुरा पाउने कुरा पुटिनलाई टेलिफोन संवादमा भनेको उल्लेख गरे। ‘टर्कीले अफ्रिकी देशहरूसँगको सकारात्मक सम्बन्ध कायम राख्न काम गरिरहेको छ’ राष्ट्रपति एर्डोगानले भने। 

युरोपेली देशहरूको परम्परागत रूपमा औपनिवेशिक दृष्टिकोणको विपरित, टर्कीले लामो समयदेखि अफ्रिकी देशहरूसँगको आफ्नो सम्बन्धलाई मजबुत बनाउदै लगेको छ । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार