काठमाडौं । लामो समयदेखी बन्द रहेको विद्यालय संचालन गर्नेबारे छलफल भएको छ । बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा छलफल भएको हो ।
बिहीबार सिसिएमसीको संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल भएको हो । यस विषयमा निर्णय भने हुन बाँकी रहेको छ । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले आजको बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यून विद्यार्थी भएका विद्यालय खोल्नुपर्नेबारे छलफल भएको र अबको एक दुई दिनमा सहमति हुने बताए ।
उनका अनुसार बैठकमा शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्साल, प्याब्सन, एनप्याब्सन लगायतका पदाधिकारीहरू सहभागी थिए । छलफल भएको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने र सोहीअनुरूप निर्णय लिइनेछ ।