काठमाडौं । जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न माग गरेको छ । नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको भन्दै अलायन्सले शर्मालाई बर्खास्त गर्न माग गरेको हो ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ ।
नवराज विकसहित ६ जना दलित युवाको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आरोप लछ । पत्रकार सम्मेलनमा अलायन्सको संयोजक डा. मित्र परियारले नेताहरू सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए ।