बिहिवार, आश्विन १५ गते २०८३

नागढुंगा-नौबिसे मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’, सञ्चालनमा आउन कति समय लाग्छ?

सोमवार , श्रावण २२, २०८०

काठमाडौं। नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा शिलान्यास गरेकाे टनेल ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरू भएको थियो । तर, कोरोना, लकडाउन र मुआब्जालगयतका अवरोधले सुरुङ मार्ग निर्माणमा ढिलाइ भएको हो ।

ब्रेक थ्रू उत्सव मनाउन भौतिक पूर्वाधारमन्त्री प्रकाशज्वालासहितका अधिकारी पुगेका थिए। सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले सुरुङ मार्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने बताए। सुरुङ मार्गको काम हालसम्म ६६ प्रतिशत सम्पन्न भएको बताउदै बाँकी काम डेढ वर्ष भित्र सकिएर सुरुङ मार्ग सञ्चालनमा आउने छ ।

मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । आयोजनाले जग्गा अधिग्रहणबापत साढे ५ अर्ब रूपैयाँ मुआब्जा वितरण गरेको थियो ।

सुरुङमार्गमा ‘सुरुङ र सडक गरी कुल ५ दशमलब १३ किलोमिटर लामो तीन लेनको हुनेछ । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलब ४५ किमि हुनेछ । सुरुङमार्ग बनेपछि नौबिसे-थानकोटको झण्डै ८ किलोमिटर लम्बाईसँगै झण्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा लिइएको छ ।

कुल २२ अर्ब रूपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो ।

जापान सरकारको करिब १६ अर्ब रूपैयाँ सहुलियतपूणर् कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्ने सो आयोजनाका लागि नेपाल सरकार र ठेकेदार कम्पनीबीच गत वर्ष निर्माण सम्झौता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार