बिहिवार, आश्विन १५ गते २०८३

एथलेटिक्स सरस्वती पहिलो चरणबाटै बाहिरिन

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालको खेल सकिएको छ। आज भएको अन्तिम प्रतिस्पर्धामा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन्।

महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी चौधरीले निर्धारित दुरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन्। सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन्। ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

ति मध्ये कुनै खेलाडी पनि दोस्रो चरणमा पुग्न सकेनन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार