बिहिवार, आश्विन १५ गते २०८३

सरकारले अरबौं रकम भुक्तानी नगर्दा निर्माण क्षेत्र अस्तव्यस्त, दोस्रो चरणको आन्दोलनमा ब्यवसायी

बुधवार , श्रावण २४, २०८०

काठमाडौं। नेपाल निर्माण ब्यवसायी महासंघले आजबाट दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । काठमाडौंमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुश गरेका हुन् । महासंघको निर्देशनबमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुशमा सहभागी भएका छन् ।

कोण सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन शुरु गरेको बताए। निर्माण व्यवसायीहरूको अरबौं रकम भुक्तान नहुँदा समग्र निर्माण क्षेत्र अस्तव्यस्त भएको उनको भनाई छ ।

निर्माण व्यवसायीहरूको आन्दोलनको प्रभाव ढुङ्गा, गिट्टी, बालुवा लगायतका व्यवसायीहरूलाई परिसकेको भन्दै जायज मागहरू तत्काल पूरा गर्न उहाँले सरकारको ध्यानाकर्षण गराए।

व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा रहेका छन् ।

आन्दोलन कार्यक्रमलाई आगामी शुक्रवारसम्म निरन्तरता दिइने महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार