काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने भएको छ ।
प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताए।
लामिछानलेले सरकार र प्रतिपक्षी दलबीचको कुरा मिलाएर चाँडोभन्दा चाँडो सदन सुचारु गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन्।