बुधवार, आश्विन २१ गते २०८३

कोसीमा मन्त्रिपरिषद विस्तार, जसपाकी लिम्बू बनिन् स्वास्थ्यमन्त्री

शुक्रवार , श्रावण २६, २०८०

काठमाडौं। कोसी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । जनता समाजवादी पार्टीकी प्रदेश सांसद निर्मला लिम्बू कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी छिन्। मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री उद्धव थापाले उनलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्। लिम्बूले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी लिएकी छिन्।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा लिम्बू जसपाबाट एक्ली सांसद हुन्। यसअघि नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा उनी स्वास्थ्य मन्त्री थिईन्।

प्रदेशको नाम कोसी राखेको विषयमा असहमति जनाउँदै कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन गत जेठ १७ गते फिर्ता लिँदै जसपाले उहाँलाई फिर्ता बोलाएको थियो । पुनः लिम्बू मन्त्री बनेपछि कोसी प्रदेशको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।

प्रदेशमा यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार