बुधवार, आश्विन २१ गते २०८३

सुनील शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश 

शुक्रवार , श्रावण २६, २०८०

काठमाडौं। काठमाडौं जिल्ला अदालतले कांग्रेसका सांसद सुनील शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ।

शुक्रबार  न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले बताए।  

शर्मालाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत उपस्थित गराएको थियो । शर्मा नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा शुक्रबार बिहान काठमाडौंको गोल्फुटाबाट पक्राउ परेका थिए।

शर्माको पक्राउलाई लिएर नेपाली कांग्रेसका सांसदहरूले सरकारमाथि कडा आलोचना गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार