जनमत पार्टीबाट मन्त्री बन्न लागेकी अनिता कुमारी साहले सोमवार शपथ लिँदै छिन् । राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ सोमबार बिहान १० बजेका लागि तय भएको छ।
जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।
अनितादेवीलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्ता गठबन्धनमा सहमति भएको थियो ।