बुधवार, आश्विन २१ गते २०८३

गगन थापाको प्रस्ताव, सबै काण्डहरुको फाइल खोलौं, सुनकाण्डमा महरामाथी पनि छानविन होस्

सोमवार , श्रावण २९, २०८०

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले स्मरणमा रहेकाजति सबै काण्डहरुको फाईल खोल्न प्रस्ताव गरेका छन्। जारी संसदीय दलको बैठकमा आफ्नो धाराणा राख्दै थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताएका हुन्।

पछिल्ला दिनमा नेताहरुले विभिन्न भ्रष्टाचार तथा अनियमितता प्रकरणको नाम लिँदै छानबिन माग गरिरहेको भन्दै थापाले आफ्नो अनुकुलतामा मात्रै फाईल खोल्ने वा खोल्नुपर्ने माग गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।

महामन्त्री थापाले भने, ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन।’

यस्तै सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने समेत बताए।

‘हिजोआज शीर्ष नेताहरुको यस्तै भनाइ सुनिन्छ, कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने, तिम्रो नाम जोडिएको काण्ड के होत ? कुनै दलको कुनै नेता अनुसन्धानका क्रममा पक्राउ प¥यो भने एक हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खोई, यस्तै यस्तै सुनिन्छ, यसरी आफ्नो अनुकुलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यो अवस्था बदल्नुपर्छ’, उनले भने ।

माओवादी पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको प्रसंग पनि कोट्याएका थापाले यो विषय माओवादीले स्पष्ट गरेर मात्र नहुने भएकाले प्रहरीलाई नै अनुसन्धान गर्न दिनुपर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार