बुधवार, आश्विन २१ गते २०८३

कांग्रेसको निष्कर्ष: सुन तस्करीको छानबिन सीआईबीबाटै, संसद चलाउन पहल गर्ने

सोमवार , श्रावण २९, २०८०

काठमाडाैं। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

प्रमुख प्रतिपक्षी एमालेसहितका केही दलले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले भने सीआईबीबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

संसदीय दल बैठकले सीआईबीलगायतका सरकारी निकायले छानबिन गरिरहेकाले यसलाई पारदर्शी, गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पु¥याउनुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेस नेतृत्वमा आन्तरिक दबाब थियो ।

सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करीजस्ता गैरकानूनी कार्य भइरहेकोप्रति कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

‘सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करी हुने र गैरकानूनी कार्य पूर्णरूपमा निस्तेज हुनुपर्छ । जोसुकै दोषीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ र निष्पक्ष स्वतन्त्र र गहिराई र स्वतन्त्ररूपमा छानबिन हुनुपर्छ’, निर्णय सुनाउँदै उनले भने ।

साथै बैठकले अवरुद्ध संसद नियमित गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  जनताका समस्या राख्ने थलो सदनलाई बन्धक बनाइएको भन्दै कांग्रेसले लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी प्रतिपक्ष उत्रिनु गैरजिम्मेवारी भएको टिप्पणी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार