बुधवार, आश्विन २१ गते २०८३

गृहमन्त्रीले राजीनामा दिएर प्रधानमन्त्रीले माफी नमागे आमरण अनसन बस्ने सुनिल शर्माको घोषणा

सोमवार , श्रावण २९, २०८०

काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको नेतृत्व गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री नारायाणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका छन् ।

गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनसन बस्ने चेतावनी दिए ।

‘देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरुको नेतृत्व गरिराख्ननुभएको छ किन डेमोक्रेटीकको नेतृत्व गरिराख्नुभएको छ ? उनले प्रश्न गर्दै भने ।

यस्तै नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ क्रान्तिकारी सरकारको कि डेमोक्रेटिक सरकारको नेतृत्व लिएका हुन् भन्दै प्रश्न गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई सीआईबीले पक्राउ गरेर हातपात गरेको विषयमा जानकारी गराउँदै सांसद शर्माले लडेर, जेलनेल भोगेर अग्रज नेताहरुले ल्याएको प्रजातान्त्रिक व्यवस्थामा आफूमाथि भएको व्यहावरलाई लिएर उक्त प्रश्न गरेका हुन् । 

साथै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा नदिए आफू अनशन बस्ने शर्माले चेतावनीसमेत दिए । सुन तस्करीलाई कारबाही गर्नुपर्ने माग राखेकै कारण आफूलाई पक्राउ गराइएको उनको भनाइ छ ।  

आतंकारी शब्दप्रति माओवादी सांसदहरुले प्रतिवाद गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार