काठमाडौं । काठमाडौं महानगरले मेटाएको फ्रन्टलाइनरको चित्र फेरी कोर्न पाउनुपर्ने माग गर्दै धर्ना दिइएको छ । चित्रकारहरूले रत्नपार्कको आकाशे पुलको भित्तामा पुनः फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने माग राख्दै विरोधस्वरूप धर्ना दिएका हुन् ।
उनिहरुले राष्ट्रियसभा गृहमा आधा घण्टाभन्दा बढी विरोध स्वरूप उनीहरुले आइतबार धर्ना दिएका हुन् । विरोध धर्नापछि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई निवेदन पत्र समेत बुझाएका छन् ।
उक्त चित्रमा पुनः कोभिड–१९ विरुद्ध खटिएका फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने उनीहरुको माग छ । दुजाङ शेर्पाको परिकल्पनामा कोभिडविरुद्ध खटिएका फ्रन्टलाइनरको चित्र केही साताअघि चित्रकार साङ्गे थिङ लामा, सुमिना श्रेष्ठ, कृपा शेर्पालगायतले कोरेका थिए ।
त्यहाँ डाक्टर,नर्स, पत्रकार, प्रहरी, सशस्त्र प्रहरीलगायतको तस्विर थियो। महानगरपालिकाले उक्त भित्ते चित्र गत बुधबार मेटाएपछि यसको चौतर्फी विरोध भएको छ । सोही चित्रलाई फेरी कोर्न भन्दै धर्ना दिइएको हो ।