बिहिवार, आश्विन १५ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

बुधवार , श्रावण ३१, २०८०

काठमाडौं । पेट्रोल र डिजलको मूल्यवृद्धि भएको छ ।  नेपाल आयल निगमले मंगलबार राती बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले  पेट्रोल र डिजलको मूल्य वृद्धि गरिएको निगमका  प्रवक्ता मनोज ठाकुरले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार