बुधवार, आश्विन २१ गते २०८३

सरकार छाड्छु, तर भ्रष्टहरूको धम्कीबाट डराउँदिन: गृहमन्त्री श्रेष्ठ

शुक्रवार , भाद्र १, २०८०

काठमाडाैं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन्। 

गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए। 

‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ। जुन दिनसम्म सरकारमा रहन्छौँ, यो सुशासनको अभियान रोकिँदैन’, उनले भने। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार