बुधवार, आश्विन २१ गते २०८३

कोशीका मुख्यमन्त्रीले आईतबार विश्वासको मत लिने

शुक्रवार , भाद्र १, २०८०

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आईतबार विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार ३ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरेका हुन्।

विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भएको छ ।

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ ।

मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्र्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।

उनको विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाका ६ जना सांसद छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार