बुधवार, आश्विन २१ गते २०८३

बाबुराम र माधवमाथि छानविन नहुने भएपछि कानूनमन्त्रीकै असन्तुष्टी

शुक्रवार , भाद्र १, २०८०

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले लतिला निवास प्रकरणमा निणर्यको आदेश दिनेहरुलाई छाडेर टिप्पणी उठाउनेहरुलाई हतकडी लगाएकोप्रति असन्तुष्टि जनाएका छन्।

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर कर्मचारीहरुलाई सीआईबीले समातेकोतर्फ लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

पार्टी निकट कर्मचारीको भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा सुशासन स्थापना गर्न भ्रष्टाचारमुक्त बनाउन टिप्पणी उठाउनेहरुको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्ने कुरामा प्रस्ट हुन आवश्यक रहेको बताए।

उच्च तहका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर देखाउनमात्रै नीति तथा कार्यक्रममा नसमेटेको उल्लेख गर्दै कानूनमन्त्री गुरुङले सरकारले अझै ठूला फाइलहरु खोल्दै जाने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार