बुधवार, आश्विन २१ गते २०८३

विश्वासको मतका लागि कोशीमा राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर !

शनिवार , भाद्र २, २०८०

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड अफर गरिएको खुलासा गरेका छन्। 

शनिबार लिङदेनले आफ्नो आधिकारिक फेसबुक पेज र ट्वीटरमार्फत प्रदेश सभा सदस्यलाई मन्त्री र १० करोड रुपैयाँको प्रस्ताव गरेको दावी गरेका छन् ।

‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो त,’ उनले भनेका छन्। 

कोशीमा राप्रपाका ६ जना सांसद रहेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ चार गते विश्वासको मत लिँदै छन्।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार