बुधवार, आश्विन २१ गते २०८३

कोसी प्रदेशसभाको बैठक सुरू, मुख्यमन्त्रीले राखे विश्वासको मतको प्रस्ताव

सोमवार , भाद्र ४, २०८०

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गएिको कोसी प्रदेशसभाको बैठक सुरू भएको छ।  अध्यक्ष मण्डलमा रहेका कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले प्रदेशसभा बैठकको अध्यक्षता गरेका छन् । 

आजको बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची छ ।  २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ (४) बमोजिम थापाले सभामा विश्वासको मतका लागि प्रदेशसभामा निर्णायार्थ प्रस्ताव पेस गरेका छन् । मुख्यमन्त्रीले विश्वसको मत मागेको बैठकमा एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित रहे । प्रतिपक्षका ४६ मध्ये सभामा ३० जना प्रदेशसभा उपस्थित छन् । 

मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए । उपसभामुख सिर्जना दनुवारले सोमबार १ बजे समय तोकिदिएकी थिइन् । तर,प्रदेशसभाको बैठक बस्ने दिन बिहान अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई जिम्मेवारी तोकेर दनुवार काठमाडौं हिँडेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार