बुधवार, आश्विन २१ गते २०८३

१४ महिनाका लागि प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

सोमवार , भाद्र ४, २०८०

काठमाडौं। प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले साेमबार नै अनुमोदन गरेको थियो ।

साउन१८ मा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । अब उनी २०८१ मंसिर २१ सम्म अर्थात १४ महिना प्रधानन्यायाधीश रहनेछन्।

सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख भए अनुसार उहाँको जन्ममिति २०१६ मंसिर २१ गते हो । ६५ वर्षको उमेर हदका कारण उहाँले २०८१ मंसिर २१ गते अवकाश पाउनेछन्। 

के छन् योजना?
श्रेष्ठले प्रस्तुत गरेको १८ पृष्ठ लामो कार्ययोजनामा फरक मुद्दा व्यवस्थापन पद्धति (डीसीएम) को प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । यस्तै उहाँले जिल्ला अदालत तथा उच्च अदालतमा चालु आवभित्र २ वर्ष नाघेका मुद्दाहरु शून्यमा ल्याउने जनाए।

फैसला कार्यान्वयनसम्बन्धमा उनले १७ वटा जिल्ला अदालतमा कैद जरिवाना असुली गर्न नेपाल प्रहरीको सहयोग र समन्वयमा फैसला कार्यान्वयनको विशेष अभियान सञ्चालन गर्ने उल्लेख गरे।

उनले न्यायिक सुशासनका लागि पनि विभिन्न कार्ययोजना प्रस्तुत गरेका छन् । अदालतमा हुने बिचौलियाको चलखेललाई नियन्त्रण गर्न मुद्दासँग असम्बिधत व्यक्तिहरुको अदालत प्रवेशमा निषेधका लागि पासको व्यवस्थापन गरिने कार्ययोजनामा उल्लेख छ ।

प्रधानन्यायाधीश श्रेष्ठले समितिमा प्रस्तुत गरेको कार्ययोजना :


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार