बुधवार, आश्विन २१ गते २०८३

शीतल निवासमा सर्वदलीय बैठक जारी, एमालेकाे बहिस्कार

मंगलवार , भाद्र ५, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ। 

संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन्। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका दलहरू सहभागी छन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा पार्टी रहेको छ । बैठकको बैद्यानिकता नहुने भए पछि एमाले शितल निवास नजाने भएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार