बुधवार, आश्विन २१ गते २०८३

शेखर कोइरालाको आरोप– प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्त्याउने प्रयास गरे

शनिवार , भाद्र ९, २०८०

 नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । 

नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको बताए । 

नेता कोइरालाले भने, ‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिए। त्यो कत्तिको उचित हो रु’ जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’

 प्रधानमन्त्रीकै पछिल्ला अभिव्यक्तिले कतिपय मानिसहरुलाई उक्साहत भएको उनको भनाई थियो । 

 पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने कोइरालाले बताए । 

प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिएको भन्दै उनले रोष प्रकट गरे। ‘त्यो कत्तिको उचित हो’, उनले भने, ‘जिम्मेवार व्यक्तिबाट यस प्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार