बुधवार, आश्विन २१ गते २०८३

नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै मेयर बालेनले गरे चीन भ्रमण रद्ध

बिहिवार , भाद्र १४, २०८०

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्ध गरेका छन्। नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै मेयर साहले चीन भ्रमण रद्ध गराएका हुन्।

चीनले पछिल्लो समय सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेकोप्रति आपत्ती जनाउँदै मेयर बालेनले चीन भ्रमण रद्द गराएको जानकारी दिए। चीनको निमन्त्रणामा उनी ५ दिने भ्रमणमा चीन जाँदै थिए ।

चीनको सो कदम नेपालीको संवदेशनशीलतामाथि चालेको गलत कदम बताउँदै मेयर साहले नैतिकताको आधारमा चीन भ्रमण रद्ध गरेको फेसबुकबाट जानकारी गराए।

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको चुच्चे नक्सालाई हटाएर पहिलेको बुच्चे नक्सा कायम गरी नेपालको नक्सा सार्वजनिक गरेको छ । जसमा भारत र ताइवानका समेत केही भागहरु समावेश गरिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार